बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

युईएफएले इङ्ल्याण्डमाथि खेल भावना विपरित प्रश्रय दिएको भन्दै छानविन गर्ने


  • माउन्टेन खबर
  • शुक्रबार, असार २५, २०७८
  • 624
    SHARES

काठमाडौं, २५ असार

युरोपियन फुटबलको माथिल्लो निकाय युईएफएले गत बुधवार भएको सेमीफाईनलमा इङ्ल्याण्डमाथि खेल भावना विपरित प्रश्रय दिएको भन्दै छानविन गर्ने भएको छ ।

गएको बुधबार राती सम्पन्न युरोकप २०२० को दोस्रो सेमिफाइनल अन्तर्गत इङ्ल्याण्ड र डेनमार्कबीचको खेलमा डेनमार्क विरुद्ध खेल भावना विपरित कार्य गरेको भन्दै अनुसन्धान अघि बढाएको हो ।

इङ्ल्याण्डको घरेलु मैदान वेम्वली स्टेडियममा खेलको सुरुवातमा राष्ट्रियगानको बेला समर्थकहरुले होहल्ला गर्दै अशान्ति फैलाएको, आतिशबाजी गरेको, इङ्ल्याण्डका कप्तान ह्‍यारी क्यानले पेनाल्टी प्रहार गर्न लाग्दा डेनमार्कका गोलरक्षक कास्पर स्माइकलको अनुहारमा लक्षित गरी दर्शकदीर्घाबाट लेजरलाइट प्रयोग गरेको युईएफएले ठहर गरेको छ ।

त्यसैगरी अतिरिक्त समयकै खेल चलिरहँदा खेलिरहेको बलबाहेक दोस्रो बलसमेत मैदानमै रहेको विषयहरुलाई युईएफको अनुसन्धान कमिटी (सिइडीबी) ले छानविन गर्ने बताइएको छ । युरो २०२० को फाइनलमा पुगेको इङ्ल्याण्डले अब उपाधीका लागि भने इटलीसँग आफ्नै घरेलु मैदान वेम्वलीमा फाइनल खेल खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)