बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इटाली बन्यो युरो कप च्याम्पियन


  • माउन्टेन खबर
  • सोमवार, असार २८, २०७८
  • 738
    SHARES

काठमाडौं, २८ असार

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न फाइनल खेलमा इङ्ग्ल्याण्डलाई हराउँदै इटली च्याम्पियन बनेको छ। लण्डनस्थित वेम्बली स्टेडियममा सम्पन्न खेलमा पेनाल्टी सुटआउटमा जित निकाल्दै इटली च्याम्पियन बनेको हो।

खेलको दोस्रो मिनेटमा नै किइरन ट्रिपिअरको पासमा लुक शले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए।

१ मिनेट ५६ सेकेन्डमा भएको यो गोल युरो कप फाइनलमा सबैभन्दा छिटो भएको गोल हो भने इतिहासमा पाँचौ छिटो भएको गोल हो। पहिलो हाफमा इङ्ग्याण्डले अग्रता बनाए पनि दोस्रो हाफमा इटलीले पुनरागमन गर्दै खेल बराबरीमा ल्याएको थियो। इटलीका लागि लिओनार्दो बोनुचीले ६७ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

निर्धारित समयसम्म खेल १-१ को बराबरीमा रोकिए पछि फाइनल खेल अतिरिक्त समयमा टाँगिएको थियो। यद्यपि अतिरिक्त समयमा पनि दुबै पक्षले गोल गर्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

पेनाल्टीमा इटलीले ३-२ गोलअन्तरले जित निकाल्यो। इङग्ल्याण्डका मार्कस रासफोर्ड, जोर्डन साञ्चो र बुकायो साका पेनाल्टीमा चुकेका थिए।

यो सँगै पहिलो पटक युरो कपको फाइनलमा पुगेको इङ्ग्लाण्ड युरोपियन च्याम्पियन हुन चुकेको छ भने इटलीले दोस्रो पटक युरो कपको उपाधि जितेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)