बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टोकियो ओलम्पिक

चीन ६ स्वर्ण सहित अग्रस्थानमा


  • माउन्टेन खबर
  • सोमवार, साउन ११, २०७८
  • 567
    SHARES

काठमाण्डाै ,११ साउन

टोकियो ओलम्पिकमा चीनको अग्रता कायमै छ । चीनले अहिलेसम्म ६ स्वर्ण र एक रजतसहित कुल ११ पदक जितेको छ । ओलम्पिकमा जापानले चीनलाई पछ्याइरहेको छ ।

जापानले अहिलेसम्म पाँच स्वर्ण र एक रजत गरी ६ पदक जितेको छ । यस्तै, अमेरिका चार स्वर्णसहित १० वटा पदक जितेर तेस्रो स्थानमा छ ।

दक्षिण कोरियाले दुई स्वर्णसहित पाँच पदक जितेको छ भने रसियन ओलम्पिक कमिटी, इटली, अस्ट्रेलिया, फ्रान्स, हङ्गेरी, ट्युनिसियाले एक/एक स्वर्ण जितेका छन् । त्यसैगरी अस्ट्रिया, इक्वेडर,इरान, कोशोभो, नर्वे, थाइल्यान्ड र उज्वेकिस्तानले पनि एक/एक स्वर्ण पदक जितेका छन् ।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएकामा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)