नेपाल उद्योग परिसंघले कोरोना भाइरस संक्रमण प्रकोप नियन्त्रण गर्ने प्रयासमा सघाउन सरकारलाई व्यक्तिगत सुरक्षात्मक उपकरण सहयोग गरेको छ ।
परिसंघ अध्यक्ष सतिशकुमार मोरले आज स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई नोवल कोरोना भाइरस संक्रमणको उपचारको क्रममा स्वास्थ्यकर्मिले प्रयोग गर्ने निजी सुरक्षा उपकरण १०० थान तथा ७५ हजार थान मास्कहरु हस्तान्तरण गरेका हुन् ।
हाल विदेशबाट आयात गरिएका तथा नेपालमै निर्मित सामानहरु उपलब्ध गराईएको र निकट भिवष्यमै विदेशबाट सामान आयात गरि थप आवश्यक सामग्रिहरु समेत उपलब्ध गराईने परिसंघले जनाएको छ।
स्वास्थ्यकर्मिले प्रयोग गर्ने निजी सुरक्षा उपकरणहरु मित्र राष्ट्रहरुमा संकलन गरि आयातको व्यवस्था मिलाई रहेको तथा मास्क नेपालमै उत्पादन भई रहेको परिसंघले जनाएको छ ।
