बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशसभाको बैठक भदौ ७ गतेसम्मका लागि स्थगित


  • माउन्टेन खबर
  • बिहिबार, भदौ ३, २०७८
  • 844
    SHARES

३ भदौ, रुपन्देही । लुम्बिनी प्रदेश सभाको बैठक भदौ ७ गतेसम्म स्थगित भएको छ । एमाले सांसदका कारण पटक पटक अवरोध हुँदै आएको लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक भदौ ७ गतेसम्मका लागि स्थगित गरिएको हो।

बिहीबार (आज) दिउँसो १ बजे बस्ने तय भएको नवौं अधिवेशनको तेस्रो बैठक विशेष कारणबस स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सांसद अजय शाही र विमला वलीलाई पार्टीले पदमुक्त गरेपनि सभामुखले औपचारिकरुपमा पदमुक्त नगरेको भन्दै एमालेले बैठक पटक पटक अवरुद्ध गर्दै आएको छ।

सूर्य चिह्नबाट चुनाव जितेका शाही र वली हाल मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारमा मन्त्री हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)