काठमाडौं, १० भदौ
होटेल पवेराले आन्तरिक पर्यटकहरुलाई लक्षित गरी अतिरिक्त सुविधा सहितको आकर्षक प्याकेज ल्याएको छ । पवेरा परम्परागत नेपाली पहिचान मौलीकताकासाथै मनोरम दृश्य, सुन्दर शान्त र आनन्ददायी वातावरणका साथ अत्याआधुनिक सुविधा सहितको चार तारे बुुटिक होटेल हो ।
पवेरा होटलका प्रवन्ध निर्देशक राधेश्याम थापाले भने –‘यो केवल हाम्रो नयाँ होटल व्यवसाय मात्र होइन सम्पूर्ण होटल र पर्यटन व्यवसायमा नै नयाँ आयामहो । यो बुटिक होटेलले पर्यटन बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ र अत्याधुनिक बनाएको छ भने अर्को तर्फ यसले हाम्रो उत्कृष्टतालाई कायम राख्दै आफ्ना ग्राहकप्रतिको अटुट प्रतिबद्धतालाई पनि पुनः एकपटक प्रमाणित गर्ने छ ।’
होटल पवेराका बिशेषताहरु
सर्वोत्कृष्ट बनावट
यो होटेलको बाहिरीआवरण जतिआकर्षक छ, भित्रीपनि त्यतीनै आकर्षक छ रोयल लुक्सका सामाग्री, स्थानीय उत्पादन, हस्तकला र अत्याधुनिक सुविधा सम्पन्न वाथ टप, सातौं तल्लामा स्विमङ पुल, जिम खाना, आकर्षक मनोरम दृश्य सहित बनेको आकर्षक मौलीक बुटिक होटल हो ।
अतुलनीय आराम÷आकर्षक भित्री बनावट
नयाँ सामग्री र परम्परागत र कलात्मक सजावाटका कारण होटेलमा छुटै आन्नद महसुस गर्न सकिन्छ । माथिल्लो तल्लाबाट देखिने शिवपुरी जंगल , गुम्वा , तारेभिर र धार्मिक स्थल बुढानिलकण्ठ मन्दीरका कारण र विभिन्न भन्ज्याङ्गको दृष्यले यसको सुन्दरतामा अझै सुुग्नध थपिदिएको छ । स्वच्छ र प्रकृतिको काखमा अवस्थीत हुनाले यहाँको मौसम झनै स्वच्छ र आनन्ददायी छ ।
सर्वोत्कृष्टसुरक्षा
बुढानिलकण्ठमा अवस्थित र नजिकै अति आवश्यक सुविधा, प्रहरी विट, अस्पताल भएकाले होटेल पूर्णतया सुरक्षित स्थानमा रहेको छ । साथै होटलमा अटोलक सिस्टक चिप्सलक स्टिम र प्रत्येक ठाउँमा सिसि क्यामेराको निगरानी भएकाले पूर्णरुपमा होटल सुरक्षित छ । होटलको पहिलो प्राथमिकता नै सुरक्षाहो । यसै कुरालाई मध्यनजर राख्दै होटलले विभिन्न नयाँ प्रविधीको प्रयोग गरेको छ र त्यसको प्रयोगबाट होटेल सुरक्षित रहेको होटलका महाप्रवन्धक राजु घिमिरेले जानकारी दिनुभयो ।




