बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जनताको स्वास्थ्य सुरक्षा सरकारको प्रमुख दायित्व : मुख्यमन्त्री आचार्य


  • माउन्टेन खबर
  • बिहिबार, भदौ १०, २०७८
  • 692
    SHARES

विराटनगर ,१० भदौ

प्रदेश– १ का नवनियुक्त मुख्यमन्त्री भीमप्रसाद आचार्यले जनताको स्वास्थ्य सुरक्षा सरकारको प्रमुख लक्ष्य भएको बताउनुभएको छ ।

मुख्यमन्त्री आचार्यले आज शपथ ग्रहण समारोहपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रदेशका जनतालाई कोरोना विरुद्धको खोप सहज उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । विकास निर्माणको कामलाई परिणाममा पु¥याउने बताउँदै उहाँले संविधानअनुसार सरकारले विश्वासको मत लिने बताउँनुभयो ।

साथै लोकतन्त्र र गणतन्त्रको संरक्षणका लागि अन्य दलसँग मन्त्रिमण्डलमा सहभागिताका लागि छलफल गरिने जानकारी मुख्यमन्त्री आचार्यले दिनुभयो ।

उहाँले गणतन्त्रलाई संस्थागत गर्ने र अवस्था हेरी मन्त्रालयको आकार घटबड हुनसक्ने छ भन्नुभयो । मुख्यमन्त्री आचार्यले छिट्टै मन्त्रिमण्डलको विस्तार गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)