आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल र मलेशिया बीच पर्यटन प्रर्वद्धनका लागि सहकार्यमा जोड


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ ११, २०७८
  • 361
    SHARES

काठमाडौं, ११ भदौ

नेपाल र मलेशियाबीचबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्य गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा.धनन्जय रेग्मी र नेपालका लागि मलेशियाका फस्ट सेक्रेटरी (चार्ज दी अफेयर्स) मोह्द फाजेल अबु हसन (Mr. Mohd Fadzel Abu Hasan)बीच शुक्रवार भेटवार्ता भएको छ ।

मलेशियन राजदुतावासमा आयोजित भेटमा दुवै देशले स्वास्थ्य मापदण्ड पालना गर्दै एक अर्को देशको पर्यटन प्रर्वद्धनकोलागि सहकार्य गर्ने सकिने कुरामा जोड दिइएको छ । भेटका क्रममा दुवैदेशका कुटनीतिक व्यक्ति,सेलिब्रेटी,सञ्चारकर्मीहरुको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिने र पर्यटनका राम्रा अभ्यासहरु आदान प्रदान गर्न सकिने विषयमा भेटका अवसरमा छलफल भएको थियो ।

बोर्डका कार्यकारी प्रमुख (सिइओ)रेग्मीले कोभिडले गर्दा समग्र पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा डिजिटल मार्केटिङमा जोड दिँदै बिटुबीका माध्यमबाट दुवै देशको पर्यटन प्रर्वद्धन गर्न सकिने धारणा राख्नु भयो । यस्तै उहाँले नेपालका विभिन्न क्षेत्रमा पूर्णखोपकार्यक्रम सम्पन्न भएकोले हिमाल आरोहण र ट्रेकिङ गर्ने क्षेत्रमा पर्यटक लैजान खासै समस्या नभएको बताउनु भयो । यस्तै उहाँले मलेशियमामा नेपालको प्रर्वद्धन गर्न त्यहाँस्थित सरकारी सञ्चारमाध्यम र नेपालमा मलेशियाको प्रवद्र्धन गर्न नेपालको सरकारी सञ्चारमाध्यमहरुबीच सहकार्य गर्न सकिने उल्लेख गर्नु भयो ।

भेटका क्रममा मलेशियन राजदूतावासका फस्ट सेक्रेटरीमोह्दफाजेल अबु हसन (Mr. Mohd Fadzel Abu Hasan) ले नेपाल र मलेशियाबीच विभिन्न कोणले सुमधुरसम्बन्ध रहेको बताउँदै कोभिडकै बीचमा स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटनलाई सुचारु गर्ने सकिने विषयमा आफुहरुले पनि छलफल गरिरहेको बताउनु भयो । उहाँले मलेशिया नेपालीको श्रम गन्त्वय मात्र नभएर पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण रहेको उल्लेख गर्दै आपसी सहकार्यबाट दुवै देशको पर्यटन विकास गर्ने सन्दर्भमा आफुले प्रसास गर्ने धारणा राख्नुभयो ।

यस्तै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले नेपालले मलेशियामा आयोजना हुने विभिन्न मार्टमा सहभागिता जनाउँदै आएको बताउँदै कोभिडका बीच पनि स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटनलाई चलायमान बनाउन सकिने बताउनु भयो । उहाँले अहिलेको अवस्थामा अनलाईन मार्केटिङका माध्यमबाट पर्यटन प्रवद्र्धनको लागि काम गर्न सकिने बताउनु भयो । नेपाल पर्यटन बोर्डले काभिडकै बीचमा पनि नेपालको पर्यटनलाई कसरी प्रवर्धन गर्न सकिन्छ भनेर विभिन्न देशका राजदुतहरुसँग निरन्तर भेटघाट तथा छलफल गरिरहको छ । बोर्डले यसअघि कतार,थाइल्याण्ड र श्रीलंका राजदूतसँग भेटघाट तथा छलफल गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)