आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

यतिको पर्वतीय उडानमा रमाए अफ्रिदी


  • माउन्टेन खबर
  • आइतवार, अशोज १०, २०७८
  • 623
    SHARES

तस्वीर :यति एयरलाइन्स

काठमाडौं ,१० असोज

नेपालमा एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्न आएका पाकिस्तानी स्टार क्रिकेटर शाहिद अफ्रिदीले आइतबार बिहान माउन्टेन फ्लाइट गरेका छन् ।

यति एयरलाइन्सले कोरोना भाइरसको महामारीपछि आइतबारबाट सुरु गरेको माउन्टेन फ्लाइटको सुरुवात अफ्रिदीसँगै गरेको हो ।

काठमाडौंबाट हुने उडानको क्रममा सगरमाथासहित दुई दर्जन अग्ला चुचुरोलाई अवलोकन गर्न सकिन्छ ।

यतिले ८८४८ रुपैयाँमा दुई वटा टिकट बिक्री गर्ने गरी पर्वतीय उडान सञ्चालनमा ल्याएको हो । हरेक आइतबार उडानको मनोरञ्जन लिन सकिनेछ ।

अफ्रिदीले शनिबार काठमाडौं किंग्स इलाभेनबाट ईपीएल खेलेका थिए । जसमा उनको टिम काठमाडौंले ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले पराजित गरेको थियो । उनले अब एक खेलमात्रै खेलेर पाकिस्तान फिर्ता हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)