बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वर्षाका कारण काठमाडौं किंग्स इलेभेन र पोखरा राइनोजबीचको खेल पनि स्थगित


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज १२, २०७८
  • 256
    SHARES

काठमाडौं, १२ असोज 

कीर्तिपुरको टियु मैदानमा जारी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत मंगलबारको काठमाडौं किंग्स इलेभेन र पोखरा राइनोजबीचको खेल पनि स्थगित भएको छ ।

सुरुमा भिजेको आउटफिल्ड र पछि वर्षासँगै खेल स्थगित गरिएको हो ।

सामान्य वर्षा र भिजेको आउटफिल्डको कारण स्थगित भएको यो चौथो खेल रहेको छ ।

आज मंगलबार पोखरा र काठमाडौंबीचको खेल निर्धारित समय अनुसार १२ः१५ मा हुनुपर्ने थियो । तर भिजेको आउटफिल्डको

कारण टस पनि हुन सकेन भने अम्पायर र कप्तानबीचको लामो समयको छलफलपछि स्थगित गर्ने निर्णय लिइएको थियो ।

भिजेको आउटफिल्डको कारण खेलाडीले अभ्यास समेत गर्न पाएनन् ।

यसअघि सोमबार पनि दुबै खेल स्थगित भएका थिए । सोमबार पहिलो खेलमा काठमाडौं र विराटनगरबीचको खेल भिजेको आउटफिल्डको कारण स्थगित भएको थियो । सोही दिन भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको दोस्रो खेल पनि वर्षाको कारण स्थगित भएको थियो ।

आइतबार दोस्रो खेलमा पोखरा भैरहवाबीचको खेल वर्षाको कारण स्थगित भएको थियो ।

वर्षा बाधक बनेसँगै शनिबारबाट सुरु भएको इपिएलमा दुई खेलको मात्र नजिता आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)