बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इपिएल क्रिकेट: भैरहवाद्वारा विराटनगर पराजित


  • माउन्टेन खबर
  • बुधबार, अशोज १३, २०७८
  • 447
    SHARES

१३ असोज, काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा भैरहवा ग्लाडीयटर्सले पहिलो जित निकालेको छ ।

बुधबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गर्दै भैरहवाले पहिलो जित निकालेको हो । विराटनगरले दिएको ९० रनको सामान्य लक्ष्य भैरहवाले १५.३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

भैरहवाको जितमा उपुल थरंगाले अविजित रहँदै सर्वाधिक ३४ रनको योगदानी दिए । यस्तै कप्तान शरद भेषवाकर ६ रनमा अविजित रहे ।

प्रदिप ऐरीले २२ रन जोड्दा तमिम इकबाल र रोहित पौडेलले समान १२–१२ रन जोडे । विराटनगरका रामनरेश गिरिले २ विकेट लिए । करण केसी र बसन्त रेग्मीले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ थालेको विराटनगर १७.४ बलमा अलआउट हुँदै ८९ रन बनाएको थियो । विराटनगरका दिल्शन मुनाविराले सर्वाधिक २५ रन बनाए ।

सुमित महर्जनले १३ रन जोड्दा आसिफ शेख र अनिल साहले समान ११–११ रन जोडे । भैरहवाका धम्मिका प्रसाद र आरिफ शेख ३–३ विकेट लिन सफल रहे ।

यस्तै अविनाश बोहराले २ तथा दुर्गेश गुप्ता र कृष्ण कार्कीले १–१ विकेट लिए । जितसँगै भैरहवाले २ खेलमा ३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।लगातार दोस्रो हारपछि विराटनगर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)