काठमाडौं, १४ असोज
इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत बुधबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्समाथि ७ विकेटको सहज जित हात पारेको छ ।
राजस्थानले दिएको १५० रनको लक्ष्य बैंगलोरले १७.१ आभेरमा ३ विकेट गुमाएर पूरा गर्याे ।
बैंग्लोरका लागि ग्लेन म्याक्सवेलले ३० बलको सामना गर्दै ६ चौका र १ छक्काको मद्दतमा अविजित ५० रनको अर्धशतकीय पारी खेले । श्रीकर भरतले ४४ र कप्तान विराट कोहलीले २५ रन बनाए ।
राजस्थानका मुस्ताफिजुर रहमानले २ विकेट लिँदा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यस अघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाएको थियो ।
राजस्थानका लागि इभिन लुइसले ३७ बलको सामना गर्दै चौका र ३ छक्काको मद्दतले ५८ रनको अर्धशतकीय पारी खेले । यशस्भी जैसवालले ३१ र कप्तान सन्जु सामसनले १९ रन बनाए ।
बैंग्लोरका हर्सल पटेलले ३, युजभेन्द्र चाहल र शाहबाज अहमेदले २/२ विकेट हात पार्दा जर्ज ग्रेटन र डानियल क्रिस्टिनसनको नाममा १/१ विकेट रह्यो ।
यो जितसँगै बैंग्लोरले ११ खेलमा १४ अंक जोड्दै तेस्रो स्थानमा रहँदा राजस्थान समान खेलबाट ८ अंकका साथ सातौं स्थानमा छ ।