बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाललाई टेबल टेनिसमा सफलता


  • माउन्टेन खबर
  • आइतवार, अशोज १७, २०७८
  • 213
    SHARES

काठमाडौं,१७ असोज

कतारको दोहामा भइरहेको २५ औं एसियाली टेबल टेनिस प्रतियोगितामा नेपालले शुक्रबार राति दुई महत्त्वपूर्ण जित निकालेको छ । नेपालले पुरुष टिम इभेन्ट्समा प्यालेस्टाइनमाथि ३–१ को जित रचेको छ ।

त्यसमा नेपालका तर्फबाट स्यान्टु श्रेष्ठ, विनेश खनिया र अमरलाल मल्ले चुनौती पेस गरेका थिए । यस्तै मेन्स डबल्समा स्यान्टु र विनेशको जोडीले कतारी टिमलाई ३–१ ले पराजित गरेर दोस्रो चरणमा प्रवेश गरेका छन् ।

कतारले एसियाली स्तरको टेबल टेनिस प्रतियोगिता आयोजना गरेको यो दोस्रो अवसर मात्र हो । कतारमै एसियाली टेबल टेनिस युनियनको साधारण सभा पनि हुनेछ र त्यसमा नेपालका तर्फबाट अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज बैद्यले भाग लिइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)