बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एभरेष्ट प्रिमियर लिग

विराटनगरले काठमाडौंलाई दियो १ सय ५ रनको लक्ष्य


  • माउन्टेन खबर
  • आइतवार, अशोज १७, २०७८
  • 432
    SHARES

काठमाडौं,१७ असोज

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत विराटनगर वारियर्सले काठमाडौं किंग्स–११ लाई १ सय ५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको टियु क्रिकेट मैदानमा ८ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले ५ विकेट गुमाएर १ सय ४ रन बनायो ।

विराटनगरका लागि अनिल साहले १६ बलमा अविजित रहदै सर्वाधिक ४५ रन जोडे । उनले ५ छक्का र २ चौका प्रहार गरे । यस्तै ओपनर रायन पठानले ११ बलमा ३ छक्का र दुई चौकासहित ३० रन जोडे ।

कप्तान करण केसीले १५ रन बनाए ।

काठमाडौंका कप्तान सन्दीप लामिछाने, गुल्सन झा र रायन बर्लले समान एक–एक विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)