बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कार्कीको जनकपुर दौड


  • माउन्टेन खबर
  • सोमवार, अशोज १८, २०७८
  • 270
    SHARES

काठमाडौं,१८ असोज
धावक रामसुन्दर कार्की ललितपुरको गोदावरीदेखि जनकपुरसम्म दौड्ने भएका छन् । विगतमा पनि विभिन्न सामाजिक कार्यमा आर्थिक सहयोग जुटाउन दौड्दै आएका कार्की यसपटक धार्मिक कार्यका लागि दौड्न लागेका हुन् ।

कार्कीले मंसिर २० गतेदेखि दौड यात्रा प्रारम्भ गर्ने जनाएका छन् । ३ दिनमा २ सय २५ किलोमिटर दूरी पूरा गर्ने कार्कीले बताए ।

गोदावरी नगरपालिका १, गोदामचौरको कार्कीटारस्थित आफैले निर्माण गरेको हनुमान मन्दिरमा गदा स्थापनाका लागि आर्थिक सहयोग जुटाउन कार्की दौड्न लागेका हुन् । उनले त्यहाँ २७ फिट अग्लो गदा निर्माण गर्न लागेका छन् । सो कार्यको शिलान्यास पनि भइसकेको छ । कार्कीले विगतमा विद्यालय तथा बाढी पीडितको सहयोगार्थ दौडेर आर्थिक सहायता उपलब्ध गराएको बताए ।

नेपालको सबै जिल्ला दौडेर पुगिसकेका कार्कीले काठमाडौं÷दोलखा, काठमाडौं÷सिन्धुली, काठमाडौं÷पोखरा, काठमाडौं÷लुम्बिनी दौडिसकेका छन् । उनले विभिन्न घरेलु दौड प्रतियोगितामा पनि सहभागिता जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)