बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अध्यक्ष बैद्य काउन्सिल सदस्यमा सर्वसम्मत


  • माउन्टेन खबर
  • सोमवार, अशोज १८, २०७८
  • 284
    SHARES

काठमाडौं,१८ असोज

एसियन टेबल टेनिस युनियन (एटीटीयू) को आइतबार कतारको दोहामा भएको कंग्रेस बैठकले अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज बैद्यलाई काउन्सिल सदस्यमा चयन गरेको छ । कतारमा भइरहेको २५ औं एसियाली टेबल टेनिस च्याम्पियनसिपको अवसरमा एटीटीयूको कंग्रेस बैठक पनि बसेको हो ।

त्यस क्रममा बैद्य चार वर्षका लागि काउन्सिल सदस्यमा सर्वसम्मत चयन भएका हुन् । नेपाल एटीटीयूको संस्थापक सदस्य भएको आधारमा बैद्यलाई एसियाली टेबल टेनिसको यस महत्वपूर्ण पदमा चयन गरिएको हो । दोहामा सेप्टेम्बर २८ देखि अक्टोबर ५ सम्म एसियाली टेबल टेनिस च्याम्पियनसिप पनि भइरहेको छ । बैद्य एटीटीयूको सदस्यमा चयन भएको यो दोस्रो पल्ट हो ।

यस्तै टेबल टेनिस प्रशिक्षक शंकर गौत्तम एटीटीयूको दक्षिण एसियाबाट उपाध्यक्षमा पनि चयन भएका छन् । यस पदका लागि भारत र नेपालका पदाधिकारी चयन भएकोमा गौत्तमले चार वर्षे कार्यकालको दोस्रो दुई वर्ष क्षेत्रीय उपाध्यक्षको यो पद सम्हाल्ने छन् । भारतीय प्रतिनिधिले सुरुआती दुई वर्ष जिम्मेवारी सम्हाल्ने निर्णय बैठकले गरेको  हो ।
एटीटीयूको थप तीन कमिटीमा नेपाली प्रतिनिधिको चयन सदस्यका रूपमा भएको छ । त्यस अनुसार एटीटीयू अन्तर्गत रहेको टेक्निकल कमिटीमा अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष तेजेन्द्रसिंह महरा, भेट्रान, एडुकेसन एन्ड ट्रेनिङ कमिटीमा अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य तथा मिडिया कमिटीमा हिमेशरत्न वज्राचार्य चयन भएका छन् । यसको कार्यकाल पनि चार वर्षको हुनेछ ।

एटीटीयूमा नेपाल प्रतिनिधिको यो चयनले एसियाली टेबल टेनिसमा नेपालको बलियो र महत्वपूर्ण उपस्थिति रहने अध्यक्ष बैद्यले बताएका छन् । उनले भने, ‘एसियाली टेबल टेनिस युनियनको संस्थापकमध्ये एक नेपाल पनि हो र यस क्षेत्रको टेबल टेनिसमा नेपालको जहिले पनि बलियो र सक्रिय उपस्थिति रहेको छ । अब यो क्रम आउने चार वर्षमा पनि कायम रहनेछ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)