बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

साफ च्याम्पियनसिप

बंगलादेशसँग बराबरीमा रोकियो भारत


  • माउन्टेन खबर
  • सोमवार, अशोज १८, २०७८
  • 278
    SHARES

काठमाडौं ,१८ असोज

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेश र भारतले बराबरी खेलेका छन् ।

 

सोमबार साँझ भएको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको २६ औं मिनेटमा भारतले सुनील क्षेत्रीको गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।

 

७४ औं मिनेटमा यीसिन अरफतले गोल गर्दै बंगलादेशलाई बराबरीमा ल्याए । त्यसपछि दुबै टिमबाट थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो ।

 

खेलको ५४ औं मिनेटमा विश्वनाथ घोषले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बंगलादेश १० खेलाडीमा समेटिएको थियो ।

 

यस्तै आज राति नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेल ९ः४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)