मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बेलायतमा तीन महिनादेखि रोकिएका खेल गतिविधिहरु नियमित गरिंदै


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १९, २०७७
  • 1.2K
    SHARES

कोरोना भाइरस कोभिड-१९ का कारण तीन महिना भन्दा लामो समयदेखि रोकिएका खेल गतिविधिहरुलाई नियमित गर्न बेलायत सरकारले त्यहाँका खेल संस्थाहरुलाई सहमति दिएको छ । त्यहाँको सरकारले आजबाट बन्द खेलस्थल र रंगशालाहरुमा प्रतियोगिताहरु आयोजना गर्न सहमति दिएपछि आयोजकहरुले खेल संचालनको तयारी शुरु गरेका छन् ।

सरकारले सामाजिक दूरी र सतर्कताका उपायमा सम्झौता नगरि हुने प्रतियोगिताहरु संचालन गर्न दिने बताएको छ । योसंगै अब बेलायतमा स्थगित भएका फुटबल, टेनिस, घोडा दौड, फर्मूला वान कार रेस, क्रिकेट, गल्फ, रग्वी, स्नुकर जस्ता खेलहरु गरिने भएको छ । घोडा दौड र स्नुकरका खेलहरु भने आजैबाट शुरु गर्न लागिएको छ । तर ११ हप्ताको लकडाउनपछि हुन लागेको पहिलो खेल प्रतियोगिता घोडा दौड हेर्न भने मैदानमा कोहि पनि दर्शक आउने छैनन् ।

न्यूक्यासलमा गर्न लागिएको प्रतियोगितामा कूल १० वटा रेस गराइदैछ । यसैगरी इङ्लिस फुटबल लिगले च्याम्पियन्स लिग, प्रिमियर लिग लगायतका फुटबल प्रतियोगिताहरु पनि यसै महिनाको दोस्रो हप्ता पछि गर्न लागिएको छ ।प्रिमियर लिग १७ र च्याम्पियन्स लिग २० तारिखबाट गर्ने तयारी भइसकेको छ ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)