बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पोखरालाई हराउँदै चितवन ईपीएलको फाइनलमा


  • माउन्टेन खबर
  • बुधबार, अशोज २०, २०७८
  • 484
    SHARES

२० असोज, काठमाडौं । चितवन चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)क्वालिफायर खेलमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बुधबार भएको क्वालिफायरमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १५ ओभरमा सबै विकेट गुमाएर ६६ रनको योगफल तयार गरेको थियो ।

चितवनले ७.४ ओभरमा एक विकेटको क्षतिमा ६७ रनको लक्ष्य पूरा गर्दै फाइनलको यात्रा तय गरेको हो ।

चितवन पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो । चितवनलाई जित दिलाउन ओपनर मोहम्मद शहजाद र कासिम अनसारीले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए । शहजदले सर्वाधिक ४८ रन बनाए । उनले २६ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।

यस्तै आसिम अनसारी १४ र करिम जनत ४ रनमा अविजित रहे । पोखराका नन्दन यादवले १ विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १५ ओभरमा सबै विकेट गुमाएर चितवनसामु ६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पोखराका लागि रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाए । सुनिल धमलाले १८ रन जोड्दा सुशन भारीले १२ रन बनाए ।

पोखरालाई सस्तैमा समेट्न चितवनका सागर ढकाल र शाहब आलमले ४–४ विकेट लिए । यस्तै सोमपाल कामी र करिम जनतको नाममा १–१ विकेट रह्यो । आजको खेलमा पराजित भएको पोखराले आजै हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा अवसर पाउनेछ ।

भैरहवा ग्लाडिएटर्स र काठमाडौं किङ्ग्स–११ ले बुधबार नै इलिमिनेटरमा प्रतिस्पर्धा गर्दैछन् । उक्त खेलको विजेताले पोखरासँग खेल्दै फाइनलमा चितवनसँग भेट गर्नेछ । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ भने उपविजेताले १५ लाख पाउनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)