बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

साफ च्याम्पियनसिप: नेपाल र भारत भिड्दै


  • माउन्टेन खबर
  • आइतवार, अशोज २४, २०७८
  • 347
    SHARES

२४ असोज, काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा आज आइतबार नेपाल र भारत भिड्दै छन् । मालेस्थित राष्ट्रिय रंगशालामा नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ९:४५ सुरु हुनेछ । प्रतियोगितामा नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

पहिलो खेलमा माल्दिभ्सलाई १-० ले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।

भारत २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

भारतविरुद्ध नेपालले हालसम्म २१ खेल खेलेको छ । नेपालविरुद्ध भारतले १४ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)