बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आईपीएल २०२१

दिल्लीलाई हराउँदै कोलकाता फाइनलमा


  • माउन्टेन खबर
  • बिहिबार, अशोज २८, २०७८
  • 570
    SHARES

काठमाडौं ,२८ असोज

आईपीएल २०२१ को दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराउँदै कोलकाता नाइटराइडर्स फाइनलमा पुगेको छ ।

कोलकाताले रोमाञ्चक म्याचमा दिल्लीलाई ३ विकेटले हराउँदै फाइनलमा पुगेको हो । रविचन्द्रन आश्विनको ओभरमा राहुल त्रिपाठीले म्याचको अन्तिम बलमा छक्का प्रहार गर्दै नतिजा कोलकाताको पक्षमा पारे ।

आईपीएलको फाइनलमा इयोन मोर्गन नेतृत्वको कोलकाता र महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नाइ सुपरकिंग्सबीच प्रतिस्पर्धा हुने छ । फाइनल खेल १५ अक्टुबरको दिन दुबई अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा हुने छ ।

कोलकाताका कप्तान मोर्गनले टस जितेर दिल्लीलाई पहिले ब्याटिङको निम्तो दिएका थिए । पहिले ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३५ रन बनाएको थियो । दिल्लीले ४५ डट बल खेलेको थियो ।

दिल्लीको जितमा वेंकटेश अय्यरको योगदान महत्वपूर्ण रह्यो । उनले ४१ बलमा ५५ रन बनाए । शुभमन गिलले ४६ रन बनाए । अय्यर र शुभमन गिलबीच ९६ रनको ओपनिङ साझेदारी भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)