बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

माल्दिभ्सलाई हराउँदै भारत साफ च्याम्पियनसिपको फाइनलमा


  • माउन्टेन खबर
  • बिहिबार, अशोज २८, २०७८
  • 357
    SHARES

काठमाडौं ,२८ असोज

भारत साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा भारतले माल्दिभ्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

भारतलाई सहज जित दिलाउनको लागि कप्तान सुनिल क्षेत्रीको दुई गोल गरे भने मनवीर सिंहले एक गोल थप्यो । माल्दिभ्सका लागि अलि अश्फाकले गरेको गोल सान्तवना बन्यो ।

खेलको ३३ औं मिनेटमा सिंहले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा अश्फाकले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको ६२ औं मिनेटमा कप्तान सुनिलले गोल गर्दै भारतलाई पुनः अघि बढाए । ७१ औं मिनेटमा सुनिलले नै गोल गर्दै भारतलाई ३-१ को सहज जित दिलाए ।

योसँगै भारत प्रतियोगितामा अपराजित यात्रा कायम राख्दै शीर्षस्थानमा रहेर फाइनल पुगेको हो । भारतले ४ खेलमा २ जित र २ बराबरसहित ८ अंक जोड्यो ।

यसअघि नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्दै फाइनलमा स्थान पक्का गरेको छ । प्रतियोगिताको इतिहासमा नै नेपाल पहिलो पटक फाइनल पुगेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)