बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

साफ च्याम्पियनसिपः उपाधिका लागि नेपाल र भारत भिड्दै


  • माउन्टेन खबर
  • शनिबार, अशोज ३०, २०७८
  • 307
    SHARES

काठमाडौं ,३०असोज

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनल आज (शनिबार) हुँदैछ ।

मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनलमा उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।

दुबै टिमको प्रमुख लक्ष्य उपाधि जित्ने रहेको छ । पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो भने नेपालले दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो ।

साफ इतिहासमा पहिलो पटक फाइनल पुगेको नेपाल आज भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न चाहन्छ ।

यता साफमा भारत सबैभन्दा सफल टिम रहेको छ । भारतले ७ पटक उपाधि आफ्नो नाममा गराइसकेको छ ।

लिग चरणमा नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो । जहाँ भारतले नेपाललाई १-० गोलले पराजित गरेको थियो ।

हेड टु हेडको कुरा गर्दा भारत नेपालविरुद्ध पुर्णरुपमा हाबी छ ।

यी दुई टिमबीच २२ पटक खेल भएको छ । जसमा भारतले १५ खेल जित्दा नेपालले दुई खेल जितेको छ भने ५ खेल बराबरीमा सकिएको छ ।

यता भारतविरुद्ध नेपालका फरवार्ड अन्जन विष्टले यसअघिका खेलहरुमा दुई पहेलो कार्ड खाएको कारण फाइनल खेल गुमाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)