बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

साफ च्याम्पियनसिप

दोस्रो हाफको सुरुवातमै भारतद्वारा लगातार २ गोल (भिडियो)


  • माउन्टेन खबर
  • शनिबार, अशोज ३०, २०७८
  • 357
    SHARES

काठमाडौं ,३० असोज

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत फाइनल खेलमा भारतले नेपालविरुद्ध दोस्रो हाफको सुरुवातमै २-० को अग्रता लिएको छ । गोलरहित रहेको पहिलो हाफपछि भारतले दोस्रो हाफको सुरुवातमै लगातार २ गोल गरेको हो ।

खेलको ४८ औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले भारतलाई अग्रता दिलाएका थिए । उनले प्रितम कोटलको क्रसलाई हेडरमार्फत गोल गरेका थिए । लगत्तै सुरेश सिंह वाङजामले गोल गर्दै भारतको अग्रता दोब्बर पारे । उनले यासिर मोहमदको कटब्याकलाई पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)