बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतलाई

नेपाल ३-० गोल अन्तरले पराजित


  • माउन्टेन खबर
  • शनिबार, अशोज ३०, २०७८
  • 554
    SHARES

काठमाडौं ,३० असोज

भारतले १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।

माल्दिभ्समा शनिबार भएको फाइनलमा नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दै भारत च्याम्पियन बनेको हो ।

भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुलले समान एक एक गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको भारतले ४९ औं मिनेटमा सुनिलको गोलबाट अग्रता बनाएको थियो ।

खेलको ५० औं मिनेटमा सुरेशले गोल गर्दै भारतलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा साहलले गोल गर्दै भारतलाई ३-० को जित दिलाए।

यससँगै भारतले कीर्तिमानी आठौं पटक साफको उपाधि जित्न सफल भएको छ ।

पहिलो पटक फाइनल पुगेको नेपाल भने फाइनलमा पराजित हुँदै उपविजेतामा सिमित भयो ।

नेपालले पहिलो पटक साफको फाइनल खेलेको हो ।

पाँच राष्ट्र सहभागी प्रतियोगितामा भारत लिगको शीर्ष स्थानमा रहदै फाइनल खेलेको हो । नेपाल राउण्ड रोबिन लिगको दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)