बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल क्रिकेट संघद्वारामुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक १, २०७८
  • 484
    SHARES

काठमाडौं ,१ कात्तिक

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमका लागि मूख्य प्रशिक्षक मागेको छ । क्यानले सोमबार मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो ।

मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षकविहीन छ । ह्वाटमोरले ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एक दिवसीय सिरिजपछि ह्वाटमोरले नेपाली टिम छाडेका थिए । उनले परिवारलाई समय दिने भन्दै यो सिरिज हुनुअघि नै नेपाल छाड्ने घोषणा गरेका थिए ।

पाका उमेरका (६७ वर्षे) ह्वाटमोर खुल्ला प्रतिस्पर्धाबाट नै मुख्य प्रशिक्षक नियुक्त भएका थिए  । उनी आठ महिना मात्रै टिमसँग रहे ।

क्यानले इच्छुक र योग्य व्यक्तिले आफ्नो बायो डाटा र पदको लागि इच्छाइएको खुलाउँदै अक्टोबर ३१ सम्म दरखास्त दिन सक्ने जनाएको छ ।

करारमा आधारित रहेर काम गर्नुपर्ने गरी मागिएको प्रशिक्षकका लागि इङ्गल्याण्ड क्रिकेट बोर्ड वा क्रिकेट अष्ट्रेलियाबाट लेभल ३ पूरा गरेको वा त्यो भन्दा माथिका प्रशिक्षकले मात्र आवेदन दिन पाउने उल्लेख गरिएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय क्रिकेटमा कम्तीमा पाँच वर्षको अनुभव हुनुपर्ने पनि उल्लेख गरिएको छ । जसमा आईसीसी पूर्ण सदस्य वा फस्ट क्लास क्रिकेट टिम वा एसोसियट राष्ट्रमा पाँच वर्ष प्रशिक्षकको भूमिका निभाएको हुनुपर्ने उल्लेख छ ।

क्रिकेटको जानकार जसले क्रिकेट संस्कृति, एक दिवसीय चक्र र एसोसियट सदस्यहरुबारे बुझेको मानिसलाई न्यूनतम योग्यताभित्र राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)