आइतवार, बैशाख २३, २०८१

लकडाउन समाप्त भइ व्यवसायीक वातावरण सुचारु भएको ३ महिनामा मात्र कर वुझाउने व्यवस्थाका लागि चेम्वरको माग


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २०, २०७७
  • 491
    SHARES

नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व बिभागको कर बिवरण एवम रकम वुझाउने सूचना प्रति नेपाल चेम्वर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आज एक विज्ञप्ति प्रकाशित गर्दै चेम्वरले  कोभिड ( १९ को प्रकोपका कारण बिगत ७० दिन देखि मुलुक लक डाउनमा भएकोले समग्र आर्थिक एवम व्यावसायीक कारोवार ठप्प अवस्थामा रहेकोे  जनाएको छ । तरलताको अभावले कर्मचारी मजदुरको पारिश्रमिक लगायत अन्य बैंकको व्याज किस्ता तथा अन्य बिबिध खर्चहरु समेत धान्न नसकी रहेको अवस्था रहेको चेम्वरको विज्ञप्तिमा उल्लेख छ।

आ.ब.२०७७र७८को प्रस्तुत बजेट सम्वोधनको क्रममा समेत व्यवसायीक क्षेत्रले भोगी रहेको कठिन चुनौतिलाइ स्वीकार गरि सकेको अवस्थामा यस्तो कठिन घडीमा व्यवसायीक क्षेत्रबाट नगद प्रवाहको अभावले तत्कालै कुनै पनि करहरु तिर्न असमर्थ रहेको चेम्वरले जनाएको छ।

यस्तो अवस्थामा आयकर,मूल्य अभिवृद्धि कर र अन्तशुल्कको बिवरण र कर रकम लक डाउनको अवधिमा वुझाउने म्याद जारी हुनु आफैमा बिडम्वना पूर्ण रहेको चेम्वरले उल्लेख गरेको छ ।

स्वास्थ सुरक्षाको प्रत्याभूतीका साथ लक डाउनको अवधिमा अविलम्व आथिक कृयाकलाप चलायमान बनाउन व्यवसायीक बातावरण सृजना गर्न पनि चेम्वरले अनुरोध गरेको छ । यस परिस्थितिमा लकडाउन समाप्त भइ व्यवसायीक वातावरण सुचारु भएको ३ महिनामा कर बिवरण एवम रकम वुझाउने व्यवस्थाका लागि मुलकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने समग्र व्यवसायी क्षेत्रबाट जोडदार माग गर्दछ  चेम्सावरको विज्थैञप्तिमा भनिएको छ।

बिद्यमान सूचना खारेज गरी व्यबसायीको माग बमोजिम नयाँ सूचना जारी गर्न समेत चेम्वरले अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }