बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टी–२० विश्वकप क्रिकेटमा स्कटल्याण्डको नयाँ फड्को


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक ५, २०७८
  • 723
    SHARES

काठमाडौं ,५ कात्तिक

स्कटल्याण्डले टी–२० विश्वकप क्रिकेटमा नयाँ फड्को मारेको छ । स्कटल्याण्ड पहिलो पटक यूएई र ओमानमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको हो ।

बिहीबार राति भएको खेलमा घरेलु टिम ओमानलाई ८ विकेटले पराजित गर्दै स्कटल्याण्ड सुपर १२ मा पुगेको हो । ओमानले दिएको १२३ रनको सामान्य विजयी लक्ष्य स्कटल्याण्डले १७ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

स्कटल्याण्डलाई कीर्तिमानी जित दिलाउन कप्तान केली कोयट्जरले २८ बलमा ४१ रन बनाए । रिची बेरिङटनले नटआउट ३१ तथा म्याथ्यु क्रसले नटआउट २६ रन बनाए । ओमानका खावर अली र फायज बुटले १–१ विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)