बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टी२० विश्वकप क्रिकेट

इङल्यान्डले वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गर्यो


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक ७, २०७८
  • 421
    SHARES

काठमाडौं, ७ कात्तिक

टी२० विश्वकप क्रिकेट अन्तर्गत शनिबार साँझ भएको दोस्रो खेलमा इङल्यान्डले वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको छ ।

इङल्यान्डका अलराउन्डर अदिल रसिदले २.२ ओभरमा २ रन खर्चेर ४ विकेट लिएपछि वेस्ट इन्डिज १४.२ ओभरमा ५५ रनमै समेटिएको थियो । रसिदको यो अहिलेसम्मकै सर्वोत्कृष्ट नतिजा पनि हो ।

टस जितेर पहिले क्षेत्र रक्षण रोजेको इङल्यान्डले वेस्ट इन्डिजलाई धराशायी बनाउने क्रममा अर्का अफब्रेक बलर मोइन अलिले ४ ओभर बलिङ गर्दै १७ रन खर्चेर २ विकेट लिएका थिए । यसैगरी टिमाल मिल्सले २, क्रिस जोर्डनले १ र क्रिस वोक्सले १ विकेट लिए ।

आक्रामक ब्याट्सम्यानहरुले भरिएको वेस्ट इन्डिजका खेलाडीहरु खराब शट खेल्दै एकपछि अर्को गर्दै पेभेलियन फर्केका थिए । वेस्ट इन्डिजका विश्व चर्चित ब्याट्सम्यानहरु क्रिस गेल (१३ रन), लेन्डल सिमन्स (३), शिमरोन हेटमायर (९), ड्वायने ब्राभो (५), निकोलास पूरन (१), कायरोन पोलार्ड (६), आन्द्रे रसेल (०) रनमै आउट भएका थिए ।

वेस्ट इन्डिजले प्रस्तुत गरेको ५६ रनको लक्ष्य इङल्यान्डले ८.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । इङल्यान्डका लागि जस बट्लरले अविजित २४, कप्तान इयोन मोर्गनले अविजित ७ तथा जेसन रोयले ११, जोनी बेरस्टले ९, मोइन अलिले ३ तथा लियाम लिभिङस्टोनले १ रन बनाएका थिए ।

यसअघि आजै भएको पहिलो खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)