बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ए डिभिजन लिगका लागि च्यासलले थप्यो दुई विदेशी खेलाडी


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक ८, २०७८
  • 651
    SHARES

८ कात्तिक, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग क्लब च्यासल युथ क्लबले आज आसन्न ए डिभिजन लिगका लागि दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

राजधानीमा आज च्यासल युथ क्लबले एक कार्यक्रमको आयोजना गरेर क्यामरुनका २२ वर्षिय कित्वा यानिक र २५ वर्षिय मोउसा अबागानालाई अनुन्ध गरेको हो ।

च्यासलले क्यामरुनी खेलाडीद्धयलाई एक÷एक वर्षका लागि अनुबन्धन गरेको हो । पहिलो संस्करणको नेपाल सुपर लिगमा पोखरा थन्डर्सबाट खेलेका दुबैले उत्कृष्ट प्रदर्शन गरेकाले उनीहरुलाई अनुबन्ध गरिएको च्यासलका अध्यक्ष रमेश ब्यञ्जनकारले बताए । यस अघि च्यासलले नेपाली मुलका इटालियन खेलाडी विकास मेराग्लियालाई अनुबन्धन गर्दै चर्चा लिइसकेको छ ।

सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिग नजिकिदै गर्दा क्लबहरुले खेलाडीहरुलाई अनुबन्ध हुने प्रक्रिया तीब्र गतिमा अगाडि बढेको छ । ‘ए’ डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)