बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टी–ट्वान्टी विश्वकपः दक्षिण अफ्रीकाविरुद्ध वेस्ट इन्डिज र पाकिस्तानविरुद्ध न्युजिल्याण्ड भिड्दै


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक ९, २०७८
  • 363
    SHARES

९ कात्तिक, काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज (मंगलबार) दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा दक्षिण अफ्रीका र वेस्ट इन्डिज आमनेसामने हुँदैछन् ।

दुबईमा यी दुई टिमबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । समूह १ मा रहेका दक्षिण अफ्रीका र वेस्ट इन्डिज पहिलो जितमा खोजीमा हुनेछन् । यसअघिको खेलमा दक्षिण अफ्रीका अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो भने वेस्ट इन्डिज इंग्ल्यान्डसँग ६ विकेटले पराजित भएको थियो ।

यस्तै दोस्रो खेलमा पाकिस्तानले न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । सारजाहमा हुने यी दुई टिमबीचको खेल राति ७ः४५ बजे सुरु हुनेछ ।

यसअघि पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । पहिलो खेल खेल्न लागेको न्युजिल्याण्ड भने विजयी सुरुवात गर्ने दाउमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)