बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

उपमेयर महिला फुटबल

भक्तपुर नगरपालिकाको सान्त्वना जित


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक ९, २०७८
  • 330
    SHARES

ललितपुर ,९ कात्तिक

राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा भक्तपुर नगरपालिकाले सान्त्वना जित निकालेको छ । रोल…

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मेदानमा सम्पन्न खेलमा भत्तपुरले पुतलीबजार नगरपालिकामाथि ८–१ फराकिलो जित निकाल्दै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो ।

भक्तपुरको जितमा कप्तान करुणा परियारले ह्याट्रिक गोल गरिन । यस्तै मनिषा बास्कोटा र शिम्रन बस्नेतले दुई÷दुई गोल गरे । अजिता घर्तिमगरले एक आफ्नो नाममा लेखाइन । पुतलीबजारकी जोस्निका मरासिनीले एक गोल फकाईन ।

यस जितसँगै समूह सी को भक्तपुरले प्रतियोगिताको सुखद अन्त्य गरेको छ । यस समूहबाट बाँसगढी नकआउट चरणमा पुगिसकेको छ । ३१ टोलीले प्रतिस्पर्धा गरिहेको प्रतियोगितामा सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ । प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन ।

प्रतियोगितामा भोली तीन खेल हुनेछन् । पहिलो खेल गैडाकोट र हेटौंडा एसएमसी, दोस्रो खेल गोदावरी र पोखरा तथा अन्तिम खेल धनकुटा र धनगढीबीच हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)