बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

उपमेयर कप महिलाअन्तर्गत गैंडाकोट र कैलालीको सहज जित


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक १०, २०७८
  • 648
    SHARES

१० कात्तिक, काठमाडौं । गैंडाकोट नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा विजयी सुरुआत गर्दा कैलालीको गोदावरी नगरपालिकाले पनि जित निकालेको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा हेटौडा उपमहानगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै गैडाकोटले सुखद सुरुआत गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा गैडाकोटले रोमाञ्चक जित निकाल्दै स्पष्ट अंक जोडेको हो ।

गैडाकोटको जितमा ऋतु तामाङले निर्णायक गोल गरिन् । जितसँगै समूह एफको गैडाकोटले महत्वपूर्ण ३ अंक जोडेको छ । जितपछि नकआउट चरणमा पुग्ने सम्भावना बलियो भएको छ ।

उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा अन्र्तगत कैलालीको गोदावरी नगरपालिकाले पोखरा महानगरपालिकामाथि भने आधा दर्जन गोल ग¥यो । समूह ‘जी’ अन्तर्गतको खेलमा गोदावरीले एन्फा कम्प्लेक्समा सातदोबाटोमा पोखरालाई ६–० ले पराजित गरेको हो । गोदावरीको जितमा शर्मिला थापाले ह्याट्रिक गरिन । यसैगरी बिमला चौधरीले दुई र हिमा चौधरी एक गोल गरे । खेलको प्लेअर अफ दि म्याच शर्मिला थापा चुनिइन् ।

प्रतियोगितामा भोली दुई खेल मात्र हुनेछन् । पहिलो खेल बराहक्षेत्र नगरपालिका र बेदकोट नगरपालिका तथा दोस्रो खेल धरान एसएमसी र सुनकोसी नगरपालिकाबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ । प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ । प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)