बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेसको तरुण विभागले गर्यो साफ उपविजेता नेपाली टोलीलाई सम्मान


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक १०, २०७८
  • 280
    SHARES

१० कात्तिक, काठमाडौं । माल्दिभ्समा सम्पन्न १३औं संस्करणको साफ च्याम्पियनसिप प्रतियोगिताको उपविजेता टोलीलाई नेपाली कांग्रेस तरुण विभागले आज नगदसहित सम्मान गरेको छ ।

राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा तरुण विभागले साफ उपविजेता टोलीका खेलाडी र प्रशिक्षकहरुलाई नगदसहित सम्मान गरेको हो । नेपाली टोलीका खेलाडी र प्रशिक्षकहरुलाई गृहमन्त्री बालकृष्ण खाँडले सम्मानपत्र र नगद प्रदान गरे । विभागले खेलाडीलाई १० हजार र अफिसियल्सलाई ५ हजार रुपैयाँ प्रदान गरेको हो ।

साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनल पुगेको नेपाली टोली भारतसँग ३–० ले पराजित भएको थियो । फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट बन्चित भएको थियो । उपविजेता बन्दै स्वदेश फर्किएको सोही टोलीलाई नगद सहित सम्मान गर्ने जनाएको हो । सरकारले उपविजेता टोलीका खेलाडीलाई जनही ५÷५ लाख दिने निर्णय गरिसकेको छ । यस्तै प्रशिक्षकहरुलाई ३÷३ लाख दिने मन्त्रीपरिषदले निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)