बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एएफसी यू–२३मा नेपाल र ताजिकिस्तान भिड्दै


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक ११, २०७८
  • 229
    SHARES

११ कात्तिक, काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज आयोजक ताजिकिस्तानविरुद्ध खेल्दै छ ।

रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने प्रतिस्पर्धामा आज नेपाल घरेलु टोलीलाई रोक्दै अंक जोड्ने लक्ष्यमा हुनेछन् । नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार ७ः४५ हुनेछ ।

छनोट अन्तर्गत पहिलो खेलम बलियो टोली इरानविरुद्ध ४–० ले पराजित भएको नेपाल आज घरेलु टिमविरुद्ध मैदान उत्रदा पहिलो अंकको खोजीमा हुनेछ । हारबाट प्रतियोगिताको सुरुआत गरेको नेपाललाई अंक जोड्ने लक्ष्यका साथ मैदान उत्रिनेछ ।

समूह बी अन्र्तगत आफ्नो पहिलो खेलमा ताजाकिस्तानले लेबननमाथि जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो । सोही लयलाई ताजिकिस्तान निरन्तरता दिन चाहन्छ ।

यस समूहमा ३ अंक जोडेको इरान शीर्ष र ताजिकिस्तान ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अंक विहीन लेबनान तेस्रो र नेपाल पुछारमा रहेको छ ।

छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्ने तालिका छ । ११ समूहका शीर्ष टोली सहित उत्कृष्ट चार उपविजेता टोलीले एएफसी यु–२३ एसियन कप खेल्नेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन महिनामा आयोजना हुने तालिका रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)