बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

धनगढीलाई उपमेयर कप महिला राष्ट्रिय लिग छनोट कपको उपाधि


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक २८, २०७८
  • 876
    SHARES

ललितपुर, २८ कात्तिक

पेनाल्टी सुटआउटमा ललितपुर महानगरपालिकालाई हराउँदै धनगढी उपमहानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको उपाधि जितेको छ ।

सातादोबाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा भएको फाइनलमा ललितपुर महानगरपालिकालाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै धनगढी विजेता बनेको हो । पहिलो हाफमा ३–१ ले पछि परेको अवस्थालाई उल्टाउँदै धनगढीले निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा सकेर पेनाल्टीमा भाग्यमानी ठहरिएको हो ।

पेनाल्टीमा धनगढीकी रेबिका पाण्डे, रेखा पौडेल र बिर्सना चौधरीले गोल गर्दा सरस्वती रोकायाको प्रहार ललितपुरकी गोलकिपर अंकिता राईले उत्कृष्ट बचाउ गरेकी थिइन् । ललितपुरकी निर्मला बिकले गोल गर्दा सम्झना लावतीको प्रहार पोस्ट बाहिरिँदा आशा कुस्वर र रजनी थोकरको प्रहारलाई धनगढीकी गोलकिपर उषा नाथले रोक्न सफल भएकी थिइन् ।

यस अघि निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीले ३–३ गोलको बराबरी खेलेको थियो । प्रतिस्पर्धात्मक बनेको फाइनलमा सुरुआती दुई गोलको अग्रता जोगाउन नसक्दा ललितपुर उपाधिबाट बन्चित भएको हो । खेलको १२ औं मिनेटमा मनिषा सेनले गोल गर्दै ललितपुरलाई सुरुआती अग्रता दिलाएकी थिइन । १६ औं मिनेटमा निर्मला बिकले गोल गरेपछि ललितपुरको अग्रता दोब्बर बनाएको थियो । तर, २४ औं मिनेटमा सिमा रावलले गोल गर्दै धनगढीलाई २–१ को अवस्थामा ३९ औं मिनेटमा रजनी थोकरले गोल गर्दै ललितपुरलाई पहिलो हाफमा ३–१ को मजबुत अवस्थामा पु¥याएकी थिइन् ।

पहिलो हाफमा पछि परेपछि दबाब दिएर खेलेको धनगढी दोस्रो हाफमा खेलको लय समात्न सफल भयो । ४९ औं मिनेटमा चन्द्रा भण्डारीले गोल गर्दै धनगढीलाई ३–२ को स्थितिमा आएसँगै ६४ औं मिनेटमा चन्द्रा भण्डारीले व्यक्तिगत दोस्रो गोल गर्दै धनगढीलाई ३–३ को बराबरीमा ल्याउँदै टोलीलाई हारबाट जोगाइन र पेनाल्टीमा उपाधि उचाल्न सफल भयो ।

उपाधिसँगै धनगढीले ५ लाख नगद प्राप्त गर्दा उपविजेता ललितपुरले ३ लाख रुपैयाँमा चिक्त बुझायो । धनगढी र उपविजेता ललितपुर राष्ट्रिय लिगमा समेत छनोट भएका छन् । ३१ टोलीले सहभागिता जनाएको छनोट प्रतियोगितामा फ्येर प्लेको अवार्ड जानकी गाउँपालिका, कैलालिले हात पा¥यो । जानकीले नगद ५० हजार रुपैयाँ हात पा¥यो । यस्तै प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीको उपाधि कन्काई नगरपालिकाकी दिपा शाहीले थाप्दै नगद ५० हजार रुपैयाँ हात पार्दा उत्कृष्ट गोलकिपर धनगढीकी उसा नाथ, उत्कृष्ट रक्षक ललितपुरकी सृजना सिंह, उत्कृष्ट मिडफिल्डर धनगढीकी सरस्वती रोकाया, फरवार्ड धनगढीकी चन्द्रा भण्डारी तथा प्रशिक्षकको उपाधि रावगेन्द्र कार्कीले हात पारे । उत्कृष्ट सबैले नगद २० हजार रुपैयाँको चेक प्राप्त गरे । विजयी खेलाडीलाई

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी तथा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर ओडले पुरस्कार नगद वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)