२९ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार जना क्रिकेट खेलाडीसँग स्पष्टीकरण सोधेको छ।
खेलाडी वर्गीकरणको विषयमा असन्तुष्टि जनाउँदै एक मिडियामा अभिव्यक्ति दिएका कप्तान ज्ञानेन्द्रसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, अलराउन्डर सोमपाल कामी र तीव्र गतिका बलर कमलसिंह ऐरीसँग क्यानले स्पष्टीकरण सोधेको हो ।
क्यानले आगामी बुधबारसम्म लिखित स्पष्टीकरण दिन समय तोकेको छ । गत कात्तिक १७ गते ज्ञानेन्द्रसहित चार खेलाडीले भिडियोमार्फत राष्ट्रिय क्रिकेटरको वर्गीकरणमा असन्तुष्टि व्यक्त गरेका थिए ।
क्यानले खेलाडीलाई छुट्टाछुट्टै सन्देश पठाउँदै नयाँ सम्झौतामा हस्ताक्षर गर्न भनेको र उक्त सम्झौताको विषयमा खेलाडीहरूलाई स्पष्ट नपारेकोमा उनीहरुले असन्तुष्टि जनाएका थिए ।
