बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतद्वारा न्यूजील्याण्ड ५ विकेटले पराजित


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर २, २०७८
  • 838
    SHARES

भारतीय ब्याट्सम्यान सूर्यकुमार यादव न्यूजील्यान्ड विरूद्ध ब्याटिङ गर्दै (तस्वीरः ट्वीटर)

 

भारतमा सञ्चालित पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमामा घरेलु टिम भारतले न्यूजील्याण्डलाई ५ विकेटले पराजित गरेको छ ।

जयपुरमा बुधबार साँझ भएको पहिलो खेलमा भारतले न्यूजील्याण्डलाई हराएको हो । न्यूजील्याण्डले दिएको १६५ रनको लक्ष्य भारतले १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

भारतको जितमा महत्वपूर्ण योगदान सूर्यकुमार यादवको रह्यो । उनले ६२ रन बनाए भने कप्तान रोहित शर्माले ४८ रन जोडे। त्यसैगरी केएल राहुलले १५ रन,  श्रेयस आयर ५ तथा भेन्कातेस आयर ४ रनमा आउट भए ।

त्यसअघि पहिले ब्याटिङ गरेको न्यूजील्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १६४ रनको मध्यम स्कोर खडा गरेको थियो । न्यूजील्याण्डका लागि प्रारम्भिक ब्याट्सम्यान मार्टिन गप्टिलले ७० तथा मार्क चापम्यानले ६३ रन बनाए ।

दुबईमा हालै भएको टी२० को विश्वकप क्रिकेटमा दोस्रो स्थानमा चित्त बुझाएको न्यूजील्यान्ड र लिग चरणबाटै बिदा भएको भारतबीचको यस खेलमा भारतका नियमित कप्तान बिराट कोहली र न्यूजील्यान्डका कप्तान केन विलियम्सन दुबैले विश्राम लिएका छन् ।

यो जितसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)