फाइल फोटो
काठमाडौं, ५ मङ्सिर
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (आइतबार) दुई खेलहरू हुँदैछन् । आज हुने दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।
दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुबै टिम खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन्।
दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लब भिड्नेछन् । खेल साँझ पाैने पाँच बजे सुरु हुनेछ । आठ पटक लिग जितेकाे मनाङ सुखद सुरुवात गर्ने मनसायमा हुनेछ।
जावलाखेल पनि खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।
