५ मङ्सिर, काठमाडौं । सहिद स्मारक “ए” डिभिजन लिगअन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबलाई १- ०ले हराएको छ। शहिद रंगशालामा आज भएको दोस्रो खेलमा मनाङ मर्स्याङ्दीका डिफेन्डर दिनेश राजवंशीको गोलमा जावलाखेल १-०ले पराजित भएको हो।
मनाङको जीतका लागि दिनेशले खेलको ५७ औं मिनेटमा गोल गरेका थिए । जावलाखेलले कुनै जवाफी गोल फर्काउन नसक्दा दिनेशको त्यही गोल निर्णायक बन्न पुगेको हो।
जितसँगै मनाङले महत्त्वपूर्ण तीन अंक बटुलेको छ भने जावलाखेल हारबाट प्रतियोगिता सुरु गरेको छ ।
