शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोभिड-१९ को महामारीको मारमा दक्षिण एशिया,सबैभन्दा धेरै भारतमा७ हजार २०७ ले ज्यान गुमाए


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ २६, २०७७
  • 618
    SHARES

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप पछिल्ला केही हप्तामा दक्षिण एसियाली राष्ट्रहरुमा व्यापक देखिएको छ । दक्षिण एसियाली मुलुकहरूमध्ये भारत सबैभन्दा बढी प्रभावित छ । भारतमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५७ हजार नाघिसकेको छ । यसै गरी कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या पनि ७ हजार भन्दा बढी छ । अमेरिका स्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वमा संक्रमितको संख्याका हिसावले भारत पाँचौ नम्बरमा रहेको छ । युरोपमा कोरोना भाइरसबाट अति प्रभावित मुलुक स्पेनलाई पनि भारतले पछाडि पारेको छ । संक्रमितको संख्याका हिसावले यस अघि पाँचौं स्थानमा रहेको स्पेन छैटौं स्थानमा पुगेको छ ।

दक्षिण एसियामा मात्रै कोरोना संक्रमणका कारण हालसम्म १० हजार ४ सय ८६ जनाको मृत्यु भइसकेको छ । दक्षिण एसियामा सबैभन्दा कम प्रभावित मुलुक भुटान रहेको छ । भूटानमा ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने हालसम्म कोरोनाका कारण कसैको मृत्यु भएको छैन । दक्षिण एशियामा दोस्रो बढी प्रभावित मुलुक पाकिस्तान रहेको छ । पाकिस्तानमा हालसम्म एक लाखको हाराहारीमा संक्रमित पुगिसकेका छन् भने कोरोना संक्रमणका कारण २ हजार जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । दक्षिण एसियामा बंगलादेशको अवस्था पनि डरलाग्दो छ । बङ्गलादेशमा ६५ हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ भने ८ सय ८८ जनाको मृत्यु भएको छ । यसैगरी अफगानिस्तानमा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको छ भने ३ सय ५७ जनाले ज्यान गुमाएका छन् । दक्षिण एसियामा अफगानिस्तानपछि कोरोनाबाट बढी प्रभावित मुलुकको सूचीमा नेपाल रहेको छ । नेपालमा हालसम्म ३ हजार ४ सय ४८ जनामा कोरोना पुष्टि भएको छ भने कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ । यस्तै माल्दिभ्समा अहिलेसम्म १ हजार ९ सय जनामा कोरोना संक्रमण देखिएकोमा ८ जनाको मृत्यु भएको छ । श्रीलंकामा एक हजार ८ सय १९ सङ्क्रमितमध्ये ११ जनाको मृत्यु भइसकेको छ । विश्वमा कोरोना भाइरसबाट हालसम्म ६९ लाख ८०  हजारको हाराहारीमा संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या पनि ४ लाख १ हजार ८ सय बढी छन् । संक्रमित र मृत्यु हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका रहेका छन् । अमेरिकामा हालसम्म १९ लाख ३८ हजारभन्दा बढी संक्रमित छन् भने मृत्यु हुनेमा पनि १ लाख १० हजारभन्दा बढी रहेका छन् ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)