बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संविधानको अक्षरसः कार्यान्वयन गर्न र विधिको शासन अवलम्बन गर्न कांग्रेस बलियो हुनुपर्छ :गृहमन्त्री खाण


  • माउन्टेन खबर
  • आइतवार, मंसिर १२, २०७८
  • 505
    SHARES

रुपन्देही  , १२ मङ्सिर

गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले लोकतन्त्र सुदृढ बनाउन, संविधानलाई अक्षरसः कार्यान्वयन गर्न र विधिको शासन अवलम्बन गर्न कांग्रेस बलियो बन्नुपर्ने बताउनुभएको छ ।

कांग्रेसको रुपन्देही जिल्ला सभापतिमा रामकृष्ण खाण सर्वसम्मत चयन भएपछि शनिबार घोषणासभामा बोल्दै उहाँले कांग्रेस बलियो भयो भने मात्र संविधान कार्यान्वयन सफल हुने र विधिको शासन अवलम्बन हुने धारणा व्यक्त गर्नुभयो । गृहमन्त्री खाणले भन्नुभयो, “कांग्रेस कमजोर भए जनता कमजोर हुन्छन् । लोकतान्त्रिक मूल्य र पद्धति कमजोर हुन्छ । संविधान कमजोर हुन्छ । जनताका मौलिक अधिकार कमजोर हुन्छन् ।”

उहाँले जनता, लोकतान्त्रिक शासन व्यवस्था र संविधानलाई सबल बनाउन, मुलुकमा शान्ति सुरक्षा कायम गर्न, मुलुकमा समृद्धि ल्याउन कांग्रेसलाई बलियो बनाउन जरुरी रहेको बताउनुभयो । पार्टीभित्र सहमति र सहकार्यले कांग्रेस बलियो हुने धारणा व्यक्त गर्दै उहाँले कांग्रेस बलियो बनाउने अभियान रुपन्देहीबाट सुरु भएको उल्लेख गर्नुभयो ।

रुपन्देही गृहमन्त्री खाणको गृहजिल्ला हो । रुपन्देही कांग्रेस जिल्ला अधिवेशनमा रामकृष्ण खाण सर्वसम्मतिमा जिल्ला सभापति निर्वाचित हुनुभएको छ । गृहमन्त्री खाणको पहलमा रुपन्देहीका सङ्घीय सांसदद्वय भरतकुमार शाह, प्रमोद यादव, कांग्रेस रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाक, रुपन्देही कांग्रेसका पूर्वसभापति रामचन्द्र ढकाल, प्रदेश सांसद अष्टभुजा पाठकलगायतको पहलमा जिल्ला सभापतिमा खाण सर्वसम्मत चुनिनुभएको हो ।

त्यस्तै जिल्लाको उपसभापतिमा थानेश्वर घिमिरे र अनिता शाह सर्वसम्मत भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)