आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस काठमाडौँ जिल्ला अधिवेशन

बाँनिया र कार्कीबीच प्रतिस्पर्धा


  • माउन्टेन खबर
  • आइतवार, मंसिर १२, २०७८
  • 685
    SHARES

काठमाडौँ , १२ मङ्सिर

नेपाली कांग्रेस काठमाडौँको जिल्ला अधिवेशन आज हुने भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज जिल्ला अधिवेशन हुन लागेको हो । पार्टीको निर्वाचन समितिले मङ्सिर १० गते जिल्ला अधिवेशन तोके पनि काठमाडौँमा भने आज हुन लागेको हो ।

निर्वाचन समितिले शनिबार नै मतदाता नावावली प्रकाशन गर्नुका साथै उम्मेदवारी दर्ता एवं उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिसकेको कांग्रेस काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले जानकारी दिनुभयो । काठमाडौँ कांग्रेसको सभापतिका लागि वर्तमान सभापति कृष्ण (सबुज) बानियाँ र क्षेत्र नं २ का सभापति उपेन्द्र कार्कीबीच समूहसहित प्रतिस्पर्धा हुने भएको छ ।

बाँनिया समूहको उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी र सहसचिवमा रोमेल श्रेष्ठ र प्राडा अमिता प्रधानले उम्मेदवारी दिनुभएको छ । यस्तै कार्की समूहको उपसभापतिमा धर्मराज अर्याल र रामलाल श्रेष्ठ, सचिवमा कुमारराज सुवेदी र सागर रञ्जित र सहसचिवमा लक्ष्मण गौतम र सुस्मिता प्रधानले उम्मेद्वारी दिनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)