बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ह्विलचियर म्याराथन हुँदै


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर १६, २०७८
  • 660
    SHARES

१६ मङ्सिर, पर्सा । वीरगञ्जमा अपाङ्ग दिवसका अवसरमा पारेर पहिलोपटक यही मङ्सिर १७ गते ह्विलचियर म्याराथन हुने प्रतियोगिता भएको छ । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको दिन आपाङ्गता भएकाको हौसला बढाउन प्रतियोगिता गर्न लागिएको आयोजक अलाइड युथ सोसाइटी पर्साले जनाएको छ ।

किरण आँखा अस्पताल, वीरगञ्ज कलेज, वीरगञ्ज महानगरपालिका, डिएभी स्कुल लगायतका सहयोगमा २०० मिटर ह्विलचियर म्याराथन हुने सोसाइटीका अध्यक्ष ओमकुमार झाले जानकारी दिनुभयो ।

प्रतियोगितामा २५ सहभागी गराउने लक्ष्य आयोजकको छ । प्रथम हुनेलाई हाइड आउटमा डिनर, ह्विलचियर, वैशाखी, इलेक्ट्रिक जग, वैशाखीलगायत पुरस्कार छ भने द्वितीय र तृतीय हुनेलाई वैशाखी, च्यवनप्रासलगायत सामग्री प्रदान गरिने आयोजकले जनाएको छ । सहभागी खाली हात नपठाउने गरी तयारी गरिएको सोसाइटीका उपाध्यक्ष आकाश दासले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)