बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

युथ एथलेटिक्स च्याम्पियनसिपको तयारी पूरा


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर १६, २०७८
  • 405
    SHARES

काठमाडौं, १६ मङ्सिर

एथलेटिक्स परिवार नेपालको आयोजना हुन लागेको युथ एथलेटिक्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ ।

राजधानीमा आज एथलेटिक्स परिवार नेपालले पत्रकार सम्मेलन गरेर युथ एथलेटिक्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको बताएको हो । सोमबार र मंगलबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजना हुने च्याम्पियनसिपमा छात्र÷छात्रा तर्फ यु–१६ मा १२ इभेन्टस र यु–२० तर्फ १६ इभेन्ट्स गरी कुल २८ ट्रयाक र फिल्ड इभेन्ट्समा प्रतिस्पर्धा हुँदै छ । जसका लागि बंगलादेशका १२ खेलाडी पनि प्रतिस्पर्धा गर्न नेपाल आएको आयोजक एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिए । च्याम्पियनसिपमा ५ महिला र ७ पुरुष गरि बंगलादेशका १२ खेलाडीले भाग लिने पक्का भएको हो । अध्यक्ष खत्रीले भुटान र भारतलगायतको देशबाट आउने भएपनि कोरोनाका कारण आउन नसकेको बताए ।

च्याम्पियनसिप सोमबार र मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा रहेको एथलेटिक्स ट्रयाकमा हुनेछ । च्याम्पियनसिपमा छात्र र छात्रातर्फ यू १६, यू–२० उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । च्याम्पियसिपमा यू–१६ का १२ र यू–२० का १६ गरि कुल २८ इभेन्ट्समा प्रतिस्पर्धा हुने छ । छात्र–छात्रा यू–१६ मा ६० मिटर, १ सय मिटर, ८ सय मिटर, सटपुट थ्रो, लङजम्प र ४ गुणा सय रिलेको प्रतिस्पर्धा हुनेछ । त्यस्तै छात्र–छात्रा यू २० मा सय मिटर, ४ सय मिटर, ८ सय मिटर, ३ हजार मिटर दौड, लङजम्प, हाइजम्प, सटपुट थ्रो, ४ गुणा सय मिटर रिले दौडमा प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपमा विभिन्न जिल्लामा रहेका स्कुल, कलेज, विभागियसहित अन्य गरि २ सय ५० भन्दा बढी एथलिटले सहभागिता जनाउने आयोजकले अनुमान गरेको छ ।

सोही अवसरमा एथलेटिक्स संघका पूर्व अध्यक्ष, ओलम्पियन तथा प्रशिक्षक रघुराज वन्तले उदीयमान एथ्लिट विर्सना कुमाललाई एक सेट स्पाइक सुज प्रदान गरे । २१ वर्षीय विर्सना हाल नेपाल पुलिस क्लबमा आबद्ध छिन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)