आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस महाधिबेशन

बागमति प्रदेशमा ईन्द्र बानियाँको फराकिलो अग्रता


  • माउन्टेन खबर
  • आइतवार, मंसिर १९, २०७८
  • 358
    SHARES
हेटौडा ,  १९ मङ्सिर
 नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत बागमती प्रदेश अधिवेशनको सभापतिको लागि दोस्रो चरणको मत गणना सुरु भएको छ।

आइतबार भएको मतदानको सभापति पदको १३०८ मत गन्दा सभापति शेरबहादुर देउवा पक्षका इन्द्र बानियाँले ७०१ मत ल्याएका छन्  भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसीले ५९९ मत ल्याएका छन् ।

कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको जनाइएको छ । मतगणना जारी रहेको छ ।

 बागमती प्रदेशमा दिउँसो १ बजेबाट मतदान प्रक्रिया सुरु भइ साँझ ५ बजे सम्म मतदान भएको थियो ।
बागमती प्रदेशमा केन्द्रीय महाधिवेसन प्रतिनिधि ८७६ जना, प्रदेश प्रतिनिधि १२४५ जना र केन्द्रीय सदस्य १६ जना, शुभेच्छुक संघ/संस्था गरी दुई हजार १५१ जना मतदाता रहेका थिए । जसमध्ये आज २हजार २५ मत खसेको छ । हिजो शनिबार भएको मतदानमा भने २ हजार ८३ मत खसेको थियो ।
सभापतिमा संस्थापन समूह इन्द्रबहादुर बानियाँ र संस्थापन इतर पौडेल समूहका जगदिश्वर नरसिंह केसी प्रतिस्पर्धामा उत्रेका छन् । पहिलो चरणबाट सिटौला समूहका भीमसेनदास प्रधान बाहिरिएका थिए ।अन्य पदमा भने शनिबार नै भएको मतदानको गणना आजै हुने महाअधिवेसन निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)