आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेस बागमती प्रदेश सभापतिमा देउवा पक्षीय इन्द्र बानियाँ विजयी


  • माउन्टेन खबर
  • आइतवार, मंसिर १९, २०७८
  • 747
    SHARES

हेटौडा, १९ मङ्सिर

नेपाली कांग्रेस वागमती प्रदेशको सभापतिमा संस्थापन पक्षका उम्मेदवार ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।

दोस्रो चरणको निर्वाचनमा संस्थापनइतर पक्षका उम्मेदवार जगदीश्वरनरसिंह केसीलाई पराजित गर्दै बानियाँ प्रदेश सभापतिमा निर्वाचित भएका हुन् । बानियाँले १ हजार ८५ मत प्राप्त गरे । केसीले ९ सय २७ मत पाए ।

यसअघि पहिलो चरणको निर्वाचनमा बानियाँले ९ सय ९२ र केसीले ८ सय ७२ मत ल्याएपछि आज दोस्रो चरणको मतदान भएको थियो ।

पहिलो चरणमा तेस्रो भएका उम्मेदवार भीमसेनदास प्रधानले बानियाँलाई समर्थन गरेका थिए । सभापति शेरबहादुर देउवानिकट बानियाँ वागमती प्रदेश संसदीय दलका नेतासमेत हुन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)