बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली रेस्लर जुरेलीद्वारा अमेरिकी रेस्लर पराजित


  • माउन्टेन खबर
  • सोमवार, मंसिर २०, २०७८
  • 312
    SHARES

काठमाडौं,२० मङ्सिर

नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिंगल फाइटमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छन् । प्रतियोगिताकै मुख्य स्पर्धाका रुपमा रहेको सिंगल फाइटमा जुरेलीले अमेरिकाकी जेसी स्ट्रोमलाई निकै प्रतिस्पर्धात्मक भिडन्तमा हराएकी हुन् ।

भृकुटिमण्डपमा दर्शकको उल्लेख्य उपस्थितिमा भएको प्रतियोगितामा जितपछि जुरेलीलाई समर्थकले ढाका टोपी लगाइ दिनुका बधाई दिएका थिए ।

नेपाल महिला रेस्लिङ प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको टु भर्सेस वान फाइटमा नेपालका नेपाली ब्रो र स्नेहा थापाको जोडीले पाकिस्तानका कोबु ब्रान्डनलाई पाखा लगाए । पुरुष सिंगल फाइटमा पाकिस्तानका जोर्डन होरले नेपालका ठागुलाई निराश पारे । जोर्डनले भारतीय रेस्लरसंग खेल्ने तालिका भएपनि भारतीय रेस्लर नाआएपछि जोर्डन ठागुसंग भिडेका थिए ।

नेपाली महिला रेस्लरबीचको सिंगल फाइटमा सपना तामाङ विजयी भइन् । सपनाले जमुना तामाङलाई पाखा लगाइन् । पुरुष सिंगल फाइटमा पाकिस्तानका कोबु ब्रान्डनले नेपालका नेपाली ब्रोमाथि जित हात पारे ।

विजेतालाई सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, रेस्लर भरतबहादुर विसुराल (हिमालयन टाइगर), प्रतिष्ठानकी अध्यक्ष भगवती खड्कालगायतले एक कार्यक्रमबीच बेल्ट र पुरस्कार वितरण गरे । एकदिने रेस्लिङमा नेपाल, अमेरिका र पाकिस्तानका रेस्लर सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)