बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एएनआईपिएले बुझायो राखेप सदस्य सचिवलाई ध्यानाकर्षण पत्र


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर २१, २०७८
  • 550
    SHARES

२१ मङ्सिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलाई खेलाडीको सेवा सुविधामा सम्बोधन गर्न भन्दै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपिए)ले आज ध्यानाकर्षण पत्र बुझाएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आज एक कार्यक्रमको आयोजना गरेर नवनियुक्त राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई ६ बुदे ध्यानाकर्षण पत्र बुझाएको हो । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठको संयोजकत्वमा विभिन्न ६ वटा माग राख्दै ज्ञापनपत्र सदस्य सचिवलाई ज्ञापन पत्र बुझाएको हो । जसमा खेलाडीको सामाजिक सुरक्षा, अन्तराष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई नियमित पुरस्कारको ब्यवस्था, स्वर्ण पदक जितेका खेलाडीलाई प्रदान गर्दै आएको प्रोत्साहन भत्तामा आउँद दिनमा अन्य पदक जित्ने खेलाडीका लागि पनि व्यवस्था गर्न माग गरिएको छ । खेलाडीहरुले मागपत्र बुझाएपछि सदस्य सचिव टंकलाल घिसिङले खेलाडी संघले राखेको धेरैजसो मागहरु आफूलो तयार पारेको कार्ययोजनामा रहेको बताए । सदस्य सचिव घिसिङले खेलकुद चलायमान बनाउनका लागि खेलाडीलाई केन्द्रमा राखेर काम गर्ने बताए । खेलाडी खेलकुदको मुटु भएको भन्दै खेलाडीको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

खेलकुद पृष्ठभूमिका समेत रहेका सदस्य सचिव खेलकुदमा विज्ञ भएको भन्दै खेलाडीसंघले राखेका मागलाई केहि हदसम्म सुनुवाई हुनेमा खेलाडी विश्वस्त भएका छन् । संघले नेपाली खेलकुदमा नेतृत्व परिवर्तन भएपश्चात सधै आफ्ना मागहरु राख्दै ज्ञापनपत्र बुझाउने गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)