काठमाडौं, २२ मङ्सिर
सहिद स्मारक ए डिभिजन लिग अन्तर्गतको आजको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले बराबरी खेल्दै अंक बाँडेका छन् ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल पुलिस र हिमालयन शेर्पाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
लिग अन्तर्गत दिनको पहिलो खेलमा पुलिसले पुनरागमनमा १–१ को बराबरी खेल्दै हिमालयन शेर्पा क्लबसँग अंक बाँडेको हो । बलियो मानिएको पुलिस विरुद्ध हिमालयनले पहिलो मिनेटमा नै अग्रता लिन सफल भएको थियो । कप्तान विश्वास श्रेष्ठले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । मोइनुद्दीनको पासमा पेनाल्टी बक्स भन्दा बाहिरबाट गरेको प्रहार पुलिसका गोलकिपर सत्रुघन चौधरीले रोक्ने क्रममा गोलमा परिणत भएको थियो । त्यसपछि दबाबमा परेको पुलिसका मान बहादुर परियारले १४ औं मिनेटमा गोलको अवसर गुमाउँदा बराबरी अवसर खेर पुगेको थियो । ४७ औं मिनेटमा पुलिसका अन्जन राईले गोलको अवसर गुमाए । दोस्रो हाफमा आक्रामक खेल पस्किएको पुलिसले ६० औं मिनेटमा बराबरी गोल फर्कायो । सुमन लामाले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा फर्काएका थिए । रबि पासवानको क्रसमा सिक्स यार्ड बक्सन अनमार्क रहेका सुमनले सहजै गोल गर्दा पुलिसले खेल बराबरीमा ल्याउन सफल भएको थियो । त्यसपछि स्पष्ट अंकका लागि स्पष्ट अंकका लागि संघर्ष गरेको पुलिसले केही राम्रा अवसर सिर्जना गरे पनि सफल हुन सकेन र अंक बाँड्न बाध्य बन्यो ।
